गृहपृष्ठ नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु
नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु
नेकपा एमालेको मागपछि नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिबाट सन्देशसहित प्रनितिधि सभामा फिर्ता आएको नागरिकता विधेयकमाथि छलफलपछि मत विभाजनको प्रक्रिया सुरु भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले सांसदहरुको प्रश्नको जवाफ दिइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । गृहमन्त्री खाणले जस्ताको तस्तै विधेयक पारित गर्न प्रस्ताव गरेका छन् ।
अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात् सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।
प्रकाशित समय : १८:४९ बजे



















