global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेशसभा बैठक :  प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

गण्डकी प्रदेशसभा बैठक :  प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

गण्डकी प्रदेशसभा बैठक :  प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

गण्डकी । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश लोकसेवा आयोग, गण्डकीको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको । उक्त प्रतिवेदनलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख कृष्णप्रसाद धितालले बताए ।

यस्तै प्रदेशसभाको सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदनलाई समितिका सभापति सुधिरकुमार पौडेलले प्रदेशसभामा प्रस्तुत गरेको हो । शुक्रबारको प्रदेशसभा बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुक कार्कीले प्रदेशसभा सदस्यले उठाएका उक्त मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिएको थियो । प्रदेशसभाको आगामी बैठक असार १ गते अपरान्ह ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित समय : ०६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु