global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक बिहीबार प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो ।

एमालेले माग गरेपछि मत विभाजनमा गएको थियो । विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे । नागरिकता विधेयकमा मतदान हुँदा संसदमा कूल उपस्थिति संख्या १९५ थियो ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो । एमालेको विरोधपछि ध्वनि मतले विधेयक पारित गर्न तयार रहेका सभामुख अग्नि सापकोटा यसको छिनोफानो मत विभाजनमार्फत गर्ने निर्णयमा पुगेका थिए ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु