global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीले लिए सपथ

नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीले लिए सपथ

नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीले लिए सपथ

नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । ज्ञवाली बैंककाे सञ्चालक समितिको गत साउन २३ गते बसेकाे बैठकबाट अध्यक्षमा नियुक्त भएका हुन् ।

गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे । उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए ।

नवनियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । उनले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारीसमेत गराए ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु