गृहपृष्ठ नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् सुविधा !
नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् सुविधा !
नेपाल टेलिकमले इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक (India Voice Pack)उपलब्ध गराएको हो ।
भदौ १ गतेदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक (Daily, weekly and monthly) मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिनेछ ।
इन्डिया भ्वाइस प्याक-डेली अफरअन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २ सय ५९ रुपैयाँ र ७ सय ५९ रुपैयाँमा उपलब्ध छन् ।
एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिनेछ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी 7 नम्बर छनौट गर्न सकिनेछ ।
प्रकाशित समय : १७:१० बजे


















