global ime bank Long Banner Ad

गृहपृष्ठ डीजी पे र स्टार अस्पतालबीच छुटसम्बन्धी सम्झौता

डीजी पे र स्टार अस्पतालबीच छुटसम्बन्धी सम्झौता

डीजी पे र स्टार अस्पतालबीच छुटसम्बन्धी सम्झौता

डीजी पे प्रालि र स्टार हस्पिटलबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । डीजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरस्थित साे अस्पतालसँग सम्झौता गरेको हो ।

सहकार्यअन्तर्गत डीजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजनाअन्तर्गत डीजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकले स्टार हस्पिटलको सौजन्य ८ सय २५ रुपैयाँको दुईवटा १ हजार ६५० रुपैयाँबराबर ओपीडी टिकट निःशुल्क पाउनेछन् ।

यसक साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् । स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरे ।

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए । त्यस्तै डीजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डीजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने याे पहिलो खुट्किलो र उपलब्धि हो । यसैगरी अरु पनि विभिन्न संस्थासँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधा दिने योजना रहेको उनले बताए ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु