गृहपृष्ठ आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता
आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता
आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । फाइनान्स र स्मार्टच्वाइसबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो ।
सेवा विविधिकरणको यो नयाँ आयामपश्चात फाइनान्सका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप (ICFC Finance Smart) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी (स्मार्ट क्यूआर)मार्फत गर्न सक्ने जनाएको छ ।
उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : ११:४७ बजे



















