गृहपृष्ठ ओरालो लाग्दै सुनको भाउ
ओरालो लाग्दै सुनको भाउ
आज बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सयले नै घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:२४ बजे



















