global ime bank Long Banner Ad

गृहपृष्ठ समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन

समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन

समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० हजार कित्ता सेयरमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कमपनीले जनाएको छ ।

यस्तै, कम्पनीको संस्थापक सेयरमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु