गृहपृष्ठ प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै
प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै
प्रभु बैंक लिमिटेडले भदौ १० गतेदेखि संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।
कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकको सो सेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
यस्तै, खरीद गर्न योग्य इच्छुक कम्पनी वा संस्था, व्यक्तिले उक्त संस्थापक सेयरमा भदौ १७ गतेभित्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ नक्सालमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सो सेयरको मुल्य १४० रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १०:४१ बजे

















