global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंक नेपालको ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक

मेगा बैंक नेपालको ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक

मेगा बैंक नेपालको ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक

मेगा बैंक नेपालले ‘६ गुणा’ सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

यस्तै, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ। बैंकका अनुसार यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले १ लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु