काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतलाई साफले एकसाता पर्खिने

14.74K
shares

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले काठमाडौंमा यही भदौमा हुने साफ महिला च्याम्पियनसिप २०२२ सहित तीन प्रतियोगितामा भारतीय टिमको सहभागिताका लागि एक साता प्रतीक्षा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गर्ने निर्णय गरेपछि साफ उक्त निष्कर्षमा पुगेको हो ।

महासंघ कार्यसमितिको बुधबार भएको भर्चुअल बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले भने, ‘फिफाको निलम्बनपछि भारतमा सम्बन्धित मन्त्रालय समस्या समाधान गर्न अग्रसर छ । अदालतको सुनुवाइ पनि छ । त्यसैले साफ महिला च्याम्पियनसिप, साफ यू-१७ च्याम्पियनसिप (पुरुष) र साफ यू-१५ महिला च्याम्पियनसिपमा भारतको सहभागिताका लागि मंगलबारसम्म पर्खने निर्णय भएको छ । निलम्बन कायम रहे भारतीय टिमबिना प्रतियोगिताको संरचनारखेल तालिका परिवर्तन हुनेछ ।’

प्रफुल पटेल अध्यक्षताको कार्यसमितिले चारवर्षे कार्यकाल सकिएको १७ महिनासम्म पनि निर्वाचन नगरेपछि भारतको सर्वोच्च अदालतले उक्त कार्यसमितिलाई बर्खास्त गर्दै एआईएफएफ सञ्चालनका लागि प्रशासनिक समिति गठन गरेको थियो ।

त्यसपछि फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै मंगलबार एआईएफएफलाई निलम्बन गर्ने निर्णय गरेको थियो, जसको कुनै पनि भारतीय टिमले फिफा र एएफसी (एसियाली फुटबल महासंघ)का अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रममा सहभागी हुने पाउने छैन ।