global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निक्षेपको बिमा झन्डै ९ खर्ब

निक्षेपको बिमा झन्डै ९ खर्ब

निक्षेपको बिमा झन्डै ९ खर्ब

बैंक तथा वित्तीय संस्था र लघुवित्तमा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये करिब ९ खर्ब रुपैयाँको बिमा (सुरक्षण) भएको छ ।

‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय संस्थामा रहेका सर्वसाधारण (प्राकृतिक व्यक्ति)को ३ करोड ६९ लाख ५९ हजार ७७ वटा खातामा रहेको निक्षेपमध्ये ८ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँको बिमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषले जनाएको हो ।

गत असारसम्म सर्वसाधारणको ३ करोड ३७ लाख १८ हजार ८५ वटा खातामा रहेको ८ खर्ब ७९ अर्ब २१ करोड रुपैयाँ निक्षेपको बिमा भएको थियो । व्यक्तिगत खाताको निक्षेपको प्रतिखाता न्यूनतम ३ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार हालसम्म उल्लिखित रकमको बिमा भएको हो ।

यो बिमाबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र कोषले ३५ करोड ६७ लाख २९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत आर्थिक वर्षमा कोषले १ अर्ब ३७ करोड ४० लाख ८२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सर्वसाधारणको निक्षेपमध्ये ५ लाख रुपैयाँसम्मको बिमा हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था कार्यान्वयनका लागि कोषले निक्षेप सुरक्षण नियमावली संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो ।

अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्बहालीसँगै उनले उक्त नियमावली स्वीकृत गरेका छन् । यो व्यवस्था कार्यान्वयनका लागि उक्त निर्णय राजपत्रमा प्रकाशित हुनुपर्छ । राजपत्रमा प्रकाशित भइसकेपछि पनि आउँदो असोजदेखि मात्र प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म निक्षेपको बिमा हुने कोषले जनाएको छ ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु