गृहपृष्ठ सनराइज बैंक र शैक्षिक परामर्श संघद्वारा लेखा तथा कर नीतिसम्बन्धी तालिम
सनराइज बैंक र शैक्षिक परामर्श संघद्वारा लेखा तथा कर नीतिसम्बन्धी तालिम
सनराइज बैंक र नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सम्पूर्ण सदस्यलाई लक्षित गरी आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । विश्वव्यापी महामारी कोभिड १९ का बाबजुद अनलाइन वेभनारमार्फत सोमबार तालिम दिइएको हो ।
कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समय सीमाका बारेमा चार्टड एकाउन्टेन्ट तथा कर विज्ञ अरुण राउतले अनलाइन वेभनारमार्फत जानकारी गराए । शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यवसायले भोगेका लेखा तथा करसम्बन्धी समस्या निदानका बारेमा राउतले प्रकाश पारेका थिए ।
परामर्श केन्द्रका अध्यक्ष प्रकाश पाण्डेलगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनारमार्फत जोडिएका धेरै सदस्यले उठाएका लेखा तथा करसम्बन्धी जिज्ञासाको व्यावहारिक समाधान गरिदिएका थिए । सनराइज बैंकले विगतदेखि नै देशका बिभिन्न ठाउँमा गएर आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिँदै आएको छ ।
प्रकाशित समय : १८:०९ बजे


















