गृहपृष्ठ १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले ती किशोरीलाई सोही ठाउँमा निर्माणाधीन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १८:१६ बजे


















