गृहपृष्ठ सावित्रा भण्डारी भारत प्रस्थान
सावित्रा भण्डारी भारत प्रस्थान
एएफसी महिला क्लब च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ भारत प्रस्थान गरेकी छन् । अर्को महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपअघि सावित्रा व्यवसायिक फुटबल खेल्नका लागि शनिबार त्यसतर्फ लागेकी हुन् ।
च्याम्पियनसिपका लागि सावित्रा भारतीय महिला लिग च्याम्पियन टोली गोकुलम केरला एफसीमा पुनः अनुबन्ध भएकी छन् । साबित्रा र क्लबबीच २०२२-२३ को एक सिजनको लागि सम्झौता भएको हाे ।
यसअघि सावित्राले २०१९-२० को सिजन गोकुलम केरला एफसीबाटै खलेकी थिइन् । उक्त सिजन १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी सावित्रले गोकुलमलाई लिगको उपाधि समेत दिलाएकी थिइन् ।
सावित्राले यो पटक गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्ने छिन् ।
प्रकाशित समय : १४:४३ बजे



















