global ime bank Long Banner Ad

गृहपृष्ठ ‘चुनावपछि नेपालमा स्थायी सरकार बन्छ’

‘चुनावपछि नेपालमा स्थायी सरकार बन्छ’

‘चुनावपछि नेपालमा स्थायी सरकार बन्छ’ प्रचण्डलाई स्वागत गर्दै टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ मा हुने स्थानीय तहको निर्वाचनपछि स्थायी सरकार बन्ने दाबी गरेका छन् ।

जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका-२०२२’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब देशको आर्थिक विकास र सुशासनमा लाग्नुपर्ने बताएका हुन् । ‘मेरो जापान आउने इच्छा पहिलादेखि नै थियो । तर देशको राजनीतिक तीव्रताको कारणले आउन सकेको थिएन । अहिले राजनीतिक स्थायित्वमा केन्द्रित छ । प्रदेश र संघको निर्वाचन हुँदैछ, अब स्थिर र बलियो सरकार बन्छ,’ उनले भने ।

उनले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न दिनको लागि कानुनमा संशोधनका प्रयास भइरहेको बताए । यस्तै, उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग आफ्नो नजिकको सम्बन्ध रहेको समेत दाबी गरे ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु