गरिमा विकास बैंकका ग्राहकलाई ‘सिराई होटल’ र ‘एनपीआई अस्पताल’मा छुट
वि.सं.२०७९ साउन १० मंगलवार १२:३७
shares

गरिमा विकास बैंकले पर्यटकीय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपीआई नारायणी सामुदायिक अस्पताल’सँग विभिन्न सेवा सुविधामा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
योसँगै अब बैंकको डेबिट कार्ड र गरिमा डीजी बटुवा प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउने छन् । साथै, ‘एनपीआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा पनि १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सेवा प्रदान गर्दै आएका छ ।

























