global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुन लागेकाे हाे ।

अब आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका छन् । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।

आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् ।

प्रकाशित समय : ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु