global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षा–स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने

शिक्षा–स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने

शिक्षा–स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज गर्दै हालसम्म असुल गरिएको रकम १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

चालू आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त शुल्कमा पूर्ण छुट दिने र यसअघि उठाइएको रकमसमेत फिर्ता गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गरेपछि साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाल राजपत्रमा बिहीवार प्रकाशित सूचनामार्फत सरकारले शुल्क फिर्ता गर्ने व्यवस्था सार्वजनिक गरेको हो ।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायद्वारा जारी सूचनामा शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले हालसम्म संकलन गरेको रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसक्ने अवस्था आएमा त्यस्तो रकम संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था पनि गरेको छ । सरकारको यो निर्णयसँगै शिक्षा तथा स्वास्थ्य सेवा लिँदा अतिरिक्त शुल्क तिरेका सेवाग्राहीले राहत पाउने भएका छन् ।

साथै शुल्क संकलन गरेका अस्पताल, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायले संकलित रकमको विवरण तयार गरी फिर्ता प्रक्रियालाई तत्काल अघि बढाउनुपर्ने भएको छ ।

प्रकाशित समय : ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु