global ime bank Long Banner Ad

गृहपृष्ठ मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि

मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि

मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि

मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २।८ प्रतिशतबाट जुलाईमा २।९ प्रतिशत पुगेको छ ।

युरोपेली सङ्घ ९इयु० को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्क (इसीबी) को दुई प्रतिशत लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ ।

इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता अमेरिका–इरानबीचको द्वन्द्वका कारण ऊर्जा बजारमा थप दबाब पर्न सक्ने र त्यसको असर मुद्रास्फीतिमा अझ तीव्र रूपमा देखिन सक्ने चेतावनी दिएको थियए ।

इसीबीले जुलाई २३ मा आफ्नो प्रमुख निक्षेप ब्याजदर यथावत् राखे पनि मध्यपूर्वको तनावका कारण मूल्यवृद्धि थप चर्किन सक्ने आकलन गर्दै सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना खुला राखेको छ ।

यसै महिनामा अमेरिका र इरानबीच नयाँ सैन्य आक्रमणहरू भएका भए पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै पक्षबीच वार्ता जारी रहेको जनाएको छ ।

ऊर्जा र खाद्यजस्ता अस्थिर वस्तुहरूलाई बाहिर राखेर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि जुनको २।४ प्रतिशतबाट बढेर जुलाईमा २।५ प्रतिशत पुगेको युरोस्ट्याटले जनाएको छ ।

तथ्याङ्कअनुसार जुलाईमा ऊर्जा मूल्यवृद्धिदर ८।५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । त्यसविपरीत खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने जुनको १।५ प्रतिशतबाट घटेर जुलाईमा १।२ प्रतिशतमा झरेको छ ।रासस

 

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु