global ime bank Long Banner Ad

गृहपृष्ठ भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२र८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।

भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२र८३ मा २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो ।

आव २०८१र८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो ।

सूचना अधिकारी लामाका अनुसार भद्रपुर नाकाबाट हाल निर्यात नहुँदा राजस्व सङ्कलन कम भएको हो । यस नाकाबाट विशेषगरी सुर्तीजन्य पदार्थको आयात बढी हुने गरेको  बताए। झापाको निर्यात व्यापारको ठूलो हिस्सा भने मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु