global ime bank Long Banner Ad

गृहपृष्ठ आज दिउँसो यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागकाे अनुमान छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ ।

प्रकाशित समय : ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु