काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामाजिक सदभाव कार्यम गरी संयमतापूर्वक संवाद गर्न महासचिब बिष्णु गिरीको अपिल

3.59K
shares

काठमाडौं । राष्ट्रिय सगितकर्मी संघ राजधानी बिषेस समितिका महासचिब बिष्णु गिरीले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न र देशका बिभिन्न ठाउँमा भएको घटनामा सामाजिक सदभाव कायम गरी संयमतापूर्वक संबाद गरी निश्कर्षमा पुग्न अपिल गरेका छन् ।

अधिवत्ता समेत रहेका गिरीले पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न आग्रह गदै बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर र जिम्मेवार बन्न आग्रह गदै अव मुलकले हिंसाको भार धान्न सक्ने अवस्था नरहेको बताए । महासचिब गिरीले सामाजिक सञ्जालमा अफवाह, उत्तेजक सामग्री वा द्वेष फैलाउने किसिमका पोष्ट तथा शेयर नगर्न आग्रह समेत गरेका छन् ।

महासचिब गिरीले सामाजिक सदभाव कायम गर्न कलाकर्मीहरु महत्वपूर्ण भूमिका रहेने बताउँदै सामाजिक सदभाव कायम गर्न राष्टिय तथा स्थानीय तहका कलाकर्मीहरुलाई समेत आवहान गरेका छन् ।

महासचिब गिरीले कलाकर्मी हरुले आ–आफ्नो क्षेत्रमासद्भाव अभिवृद्धि, सहिष्णुता प्रवद्र्धन र स्थिति सामान्यीकरणका लागि समन्वयकारी भूमिका निर्वाह आग्रह गरेका छन् । गिरी यहि साउन २ गते भएको राष्ट्रिय सगितकर्मी संघ राजधानी बिषेस समिति चौथो महाधिबेसनबाट महासचिबमा निर्बाचीत भएका थिए ।