गृहपृष्ठ मधेश मुक्ति अभियानद्वारा नयाँ नेतृत्व सार्वजनिक

मधेश मुक्ति अभियानद्वारा नयाँ नेतृत्व सार्वजनिक

मधेश मुक्ति अभियानद्वारा नयाँ नेतृत्व सार्वजनिक

काठमाडौं । मधेश मुक्ति अभियानले केन्द्रीय समितिको विस्तारित बैठकपछि संगठनको नयाँ नेतृत्व तथा केन्द्रीय समिति सदस्यहरूको नामावली सार्वजनिक गरेको छ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार विस्तारित बैठकमा संगठनको वर्तमान गतिविधि, संगठनात्मक संरचना, विस्तार रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। बैठकले संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित सर्वसम्मत रूपमा नयाँ नेतृत्व सार्वजनिक गर्ने निर्णय गरेको अभियानले जनाएको छ।

सार्वजनिक गरिएको नामावलीअनुसार अश्विनी कुमार केन्द्रीय संयोजक, प्रवीण झा केन्द्रीय सह–संयोजक तथा मनोज यादव महासचिव चयन भएका छन्। यस्तै, नन्दिनी पासवान उपमहासचिव, प्रियांशी महतो सचिव, लक्ष्मण दास सहसचिव, प्रभु साह कोषाध्यक्ष तथा सीमा देवी चौधरी सह–कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन्। कुमार भागिरथ प्रवक्ता र दीपक मेहता सह–प्रवक्ता चयन भएका छन्।

अभियानले विभिन्न विभागका प्रमुखसमेत चयन गरेको छ। संगठन विभाग प्रमुखमा सुस्वेत यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सुशांक खतुवे, प्रशिक्षण विभाग प्रमुखमा सागर मिश्रा, नीति तथा अनुसन्धान विभाग प्रमुखमा सविना साह, कानुनी विभाग प्रमुखमा बबिता रजक, युवा विभाग प्रमुखमा पिंटु सिंह, महिला विभाग प्रमुखमा समीक्षा चौधरी थारु, विद्यार्थी विभाग प्रमुखमा गायत्री शाक्य, श्रमिक विभाग प्रमुखमा संग्राम सदा मुसहर, किसान विभाग प्रमुखमा चन्द्र प्रकाश मेहता, सूचना तथा सञ्चार विभाग प्रमुखमा सितेश यादव तथा सांस्कृतिक विभाग प्रमुखमा संजय अधिकारी रहेका छन्।

यसैगरी केन्द्रीय सदस्यमा रामेश्वर राय यादव, महन्थ साह तेली, राजेन्द्र यादव, उपेन्द्र मेहता, अनिल कुमार पाठक, हृदयेन्द पासवान, प्रभास सदा, सरिता चौधरी, दीपिका चौधरी थारु, रामसेवक ठाकुर बरही, चैतन्य कुमार राउत, प्रकाश राउत र पवन नारायण माझी रहेका छन्।

अभियानले आगामी दिनमा संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै मधेशी समुदायको अधिकार, पहिचान, स्वाभिमान तथा सामाजिक–राजनीतिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। साथै संगठनात्मक एकता, जनसहभागिता र योजनाबद्ध कार्यक्रममार्फत अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु