global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन गेम्सको नयाँ मिति तय

एसियन गेम्सको नयाँ मिति तय

एसियन गेम्सको नयाँ मिति तय

चीनमा आयोजना हुने १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स)को नयाँ मिति घोषणा भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय गरेको छ ।

यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो । तर कोभिड-१९ को कारण प्रतियोगिता स्थगित भएको थियो ।

नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले सहभागिता जनाउने छन् ।

नेपालले पहिलो चरणको विशेष प्रशिक्षणसमेत गरिसकेको छ ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु