गृहपृष्ठ एसियन गेम्सको नयाँ मिति तय

एसियन गेम्सको नयाँ मिति तय

एसियन गेम्सको नयाँ मिति तय

चीनमा आयोजना हुने १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स)को नयाँ मिति घोषणा भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय गरेको छ ।

यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो । तर कोभिड-१९ को कारण प्रतियोगिता स्थगित भएको थियो ।

नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले सहभागिता जनाउने छन् ।

नेपालले पहिलो चरणको विशेष प्रशिक्षणसमेत गरिसकेको छ ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु