गृहपृष्ठ फर्निचर एक्स्पो भदौ २३ देखि, साउन २३ सम्म बुकिङ गरे १० प्रतिशत छुट

फर्निचर एक्स्पो भदौ २३ देखि, साउन २३ सम्म बुकिङ गरे १० प्रतिशत छुट

फर्निचर एक्स्पो भदौ २३ देखि, साउन २३ सम्म बुकिङ गरे १० प्रतिशत छुट

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको एक्स्पो आगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्प अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । फर्निचर व्यवसायमा आवद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौँ संस्करणको एक्स्पो आयोजना भएको थियाे । त्यसपछि कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहनेछन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागी हुनका लागि बुकिङ खुला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

आठौँ संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकबाट समेत सहभागिता हुने बताइएकाे छ ।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु