गृहपृष्ठ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ ९एलपिजी० गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो ।
उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।
प्रकाशित समय : १०:५० बजे



















