global ime bank Long Banner Ad

गृहपृष्ठ ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन् ।

कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै सबासँगको उनको सम्बन्धप्रति खुसी व्यक्त गरेकी हुन् । उनले ऋतिक र सबा दुवै राम्रो जोडी देखिएको उल्लेख गर्दै आफ्नो नाम प्रयोग गरेर आफूलाई सामाजिक सञ्जालमा दुव्र्यवहार गर्नेहरूलाई ऋतिकले निन्दा गर्नुपर्ने बताइन् ।

कंगनाले लेखेकी छन,‘प्रिय ऋतिक, तिमीले आफ्नो सही जोडी सबा आजादलाई भेट्टाएकोमा म खुसी छु । तिमीहरू दुवै राम्रो देखिन्छौ । तिमी प्रतिबद्ध सम्बन्धमा छौ र यसरी कुनै महिलालाई जिस्क्याउने वा निशाना बनाउने कुरा तिमीलाई सुहाउँदैन ।’ उनले थपेकी छन,‘मेरो नाम प्रयोग गरेर मलाई दुव्र्यवहार र बुलिङ गर्नेहरूलाई तिमीले रोक्नुपर्छ । आगोमा घिउ थप्ने काम नगर र आफ्नो पार्टनरलाई असहज बनाउने अवस्था सिर्जना नगर ।’

कंगनाको यस्तो प्रतिक्रिया ऋतिक रोशनले सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणीपछि आएको हो । एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरले ‘संसारले ऋतिक रोशनसँग माफी माग्नुपर्छ’ भन्ने आशयको पोस्ट गरेपछि ऋतिकले त्यसमा प्रतिक्रिया दिएका थिए ।

ऋतिकले लेखेका थिए,‘तपाईंले ‘ए’ लाई समर्थन गर्नु केवल ‘बी’ मन नपरेकै कारण गर्नुहुन्छ भने यो हाम्रो समाजमा रहेको ठूलो समस्याको एउटा सानो हिस्सा मात्र हो । सही सन्दर्भ र तथ्यमा आधारित छलफलको प्रतीक्षा गर्नेछु । त्यो नै न्यायपूर्ण हुनेछ ।’

यसैबीच, कंगना पछिल्लो समय विद्यार्थी आन्दोलनसम्बन्धी आफ्ना टिप्पणीका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनका भिडियोहरूलाई आलोचना गर्दै त्यसलाई ‘घृणास्पद’ र ‘असहज बनाउने’ खालको बताएकी थिइन् ।

उनले नयाँ पुस्ताको भाषा र व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै केही टिप्पणी गरेकी थिइन् । कंगनाले केही युवा महिलाले स्वतन्त्र करियर महिलाको जीवनशैली नक्कल गर्न खोजेको आरोप लगाउँदै स्वतन्त्रताको अर्थ जिम्मेवारी लिनु पनि भएको बताएकी थिइन् । उनका ती अभिव्यक्तिहरूलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । एएनआई

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु