२१.२९ प्रतिशतले बढ्यो समीट लघुवित्तको खुद नाफा
वि.सं.२०७९ साउन २० शुक्रवार १६:५२
shares

समीट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २१.२९ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाको खुद नाफा २१.२९ प्रतिशतले बढेर १४ करोड ५३ लाख १२ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ११ करोड ९८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खराब कर्जामा पनि सुधार आएको छ । जसले मुनाफा बढ्न सहयोग पुगेको हो । यस्तै प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।

























