काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

8.4K
shares

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेज अमेरिकाको न्यूयोर्क शहरमा हुने ग्रीन कलेज अवार्ड-२०२२ को मनोनयनमा परेको छ ।

‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वातावरण संरक्षणका क्षेत्रमा काम गरेका विश्वभरका कलेजहरुबाट आवेदन आह्वान गर्दै उत्कृष्ट कलेजहरुलाई ‘ग्रीन क्लिन अवार्ड’ प्रदान गर्ने गर्छ । सोही अवार्डको मनोनयनमा नेपालबाट धनगढीको एसपीए कलेज परेको हो ।

‘आफ्नो अध्ययन–अध्यापन क्षेत्रबाट स्थानीय वातावरण संरक्षणमा यहाँहरुले खेलेको भूमिका निकै सह्रानिय छ । यहाँको योगदानको कदर गर्दै हाम्रो निर्णायक मण्डलले एसपीए कलेजलाई अवार्डको मनोनयनमा राख्ने निर्णय गरेको छ,’ । आयोजकले बधाई दिदैँ उक्त कुरा उल्लेख गरेको छ ।

ग्रीन कलेज अवार्ड आगामी सेप्टेम्बर २४ तारिखका दिन न्यूयोर्क शहरमा प्रदान गरिनेछ । मनोनयनमा परेका विश्वभरकै कलेजहरुको उक्त समारोहमा उपस्थिति रहने आयोजकले जनाएको छ ।

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले एसपीए कलेज अन्तर्राष्ट्रिय कलेजका रुपमा उदाएको बताउँदै वातावरण संरक्षणमा विधार्थीहरुको भूमिका रहेको बताएका छन् । ‘यस सुन्दर निलो ग्रह(पृथ्वी) मानिस मात्रै नभएर अरु प्रजातीका लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘वातावरण संरक्षणमा एसपीए कलेजले खेलेको भूमिकाको सम्मानस्वरुप कलेज अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा परेको छ । यो हाम्रो र सबै सुदूरपश्चिमवासीका लागि गर्वको कुरो हो ।’