moneygram ime

गृहपृष्ठ नेपालले भन्यो– ताइवानको तनाव शान्तिपूर्ण रूपले समाधान होस्

नेपालले भन्यो– ताइवानको तनाव शान्तिपूर्ण रूपले समाधान होस्

नेपालले भन्यो– ताइवानको तनाव शान्तिपूर्ण रूपले समाधान होस्
citizen life insurance

नेपालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पत्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने बताएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै समाधान हुनुपर्ने पक्षमा रहेको बताइन् ।

यसैगरी नेपालले सदैव ‘एक चीन नीति’को समर्थन गर्दै आएको पनि उनले बताइन् । ‘दुवै देश एक–अर्कालाई सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता पक्षमा छौँ । नेपाल सधै अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेका छ,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा यस विवादबारे कुनै छलफल नहुने उनले बताइन् । ‘यो विवाद हालैको हो । परराष्ट्रमन्त्रीको भ्रमण निकै अघि तय भएको हो । त्यहाँ यसबारे कुनै छलफल हुनेछैन,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री खड्का तीन दिन चीन भ्रमणका लागि साउन २४ मा चीन जाँदै छन् ।

यस्तै, स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे संसद्मा नै परराष्ट्रमन्त्री खड्काले जानकारी दिइसकेको भन्दै उनले यसबारेमा थप बोल्न नमिल्ने बताइन् ।

यसैगरी, २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ जना राजदूतहरूको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरू नियुक्त भएर गइसकेको तथा म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिइन् ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank