गृहपृष्ठ जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो ।
प्रकाशित समय : १७:०७ बजे