रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ आज
वि.सं.२०७९ चैत २१ मंगलवार ०७:४३
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनवाई आजबाट हुँदैछ ।
लामिछानेविरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने रिटमा माग गरिएकाे छ ।
रिट युवराज सफलले सोमबार दायर गरेका हुन् । सोही रिटका आधारमा सर्वोच्चले आज पेशी तोकेको हो ।

























