गृहपृष्ठ Tag: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज काठमाडाैंमा आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेण्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्री देउवाले जलवायु...
प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन निष्पक्ष,...
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । १५औं गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले...
श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री हुन् । विक्रमासिंघे श्रीलंकामा पटक-पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिबाट बिहीबार...
प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले मात्रै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् । मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका...
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन् । मन्त्री खड्का मंगलबार हुने बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका पुगेका हुन् । बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान,...
प्रधानमन्त्री शेरबहादुर देउवाले आफु सरकारमा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली जनताको हित प्रवर्धनमा केन्द्रीत भएर अन्तर्राष्ट्रिय समुदायमा देशको...













