nmb bank

गृहपृष्ठ बिमस्टेकमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा, प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

बिमस्टेकमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा, प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

बिमस्टेकमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा, प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन् । मन्त्री खड्का मंगलबार हुने बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका पुगेका हुन् ।

बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी हुनेछन् भने सैनिक शासन लागु भएको म्यानमारका विदेशमन्त्री भर्चुअल रूपमा सहभागी हुनेछन् ।

श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदैछ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिखर सम्मेलनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम छ ।

बिमस्टेकको चौथों शिखर सम्मेलन २०१८ मा काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु