काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्री चौधरी गरे वाटर एटीएम उद्घाटन

12.24K
shares

खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटीएम’को उद्घाटन गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटीएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहज रूपमा पिउन पाउने पनि बताए ।

नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उनले बताए । बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटीएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको भन्दै उनले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटीएम जडान गर्ने अभियान चलाउने बताए ।

अस्पताल परिसरमा जडान गरिएको वाटर एटीएममा दुई रूपैयाँ खसालेर कागजको कपमा २०० मिलीलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो ।