nmb bank

गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका-१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परी सबैला नगरपालिका-२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याए पनि चार जनाको मृत्यु भएको डीएसपी बस्नेतले बताए ।

सोही दुर्घटनामा सबैला-२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु