nmb bank

गृहपृष्ठ असन क्षेत्रको प्राचीनता फिर्ता गराउन हरेक शनिवार सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक क्रियाकलाप हुने

असन क्षेत्रको प्राचीनता फिर्ता गराउन हरेक शनिवार सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक क्रियाकलाप हुने

असन क्षेत्रको प्राचीनता फिर्ता गराउन हरेक शनिवार सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक क्रियाकलाप हुने

काठमाडौं । काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिवार त्यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम सुरु हुने आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

महानगरपालिकाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले यस सम्बन्धी जानकारी दिएका हुन् । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, वडा नं। २५ का अध्यक्ष राजेश डंगोलसहित पदाधिकारी थिए ।

कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।

महानगरपालिकका कार्यवाहक प्रमुख डंगोल, प्रवक्ता मानन्धर, सम्पदा समितिका संयोजक, आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले निरन्तर काम गरिरहेको छ ।

यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जानेछ । पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउनेछ ।

यस क्रममा २०८३ वैशाख ५ गते शनिवारदेखि जीवन्त र समृद्ध ९असं० असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ हुँदैछन् । आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम थालिने भएको हो ।

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको छ । परम्परागत चिनारी हराउन थालेका छन् । नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्यु पर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, वीउ विजन र विरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ । यसले वस्तु तथा सामान मात्र नासेको छैन । काठमाडौँको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ ।

सम्पदासँग सम्बन्धित काम गर्दा महानगरपालिकाले गुठियार, समुदाय तथा सरोकारवालासँग समन्वय गर्ने गरेको छ । नेवार सभ्यतामा आधारित काठमाडौँका सांस्कृतिक तथा सामाजिक चालचलन तथा क्रियाकलापहरु कुनै समयमा सरकारबाट कुनै पनि प्रकारको सहयोग नलिइ समुदायले आफ्नै लगानी र सहभागितामा चलाउँदै आएका परम्परा हुन् ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु