गृहपृष्ठ Tag: सरकार गठन
कोशी प्रदेशमा राप्रपा निर्णायक नहुँदा नयाँ सरकारको बहस गर्ने समस्या, माओवादीलाई एसको सहयोग

९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गठबन्धन दलसँग सभामुखसहित ४७ सांसद रहेको छ । एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसद रहेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ । सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने...
भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा...
नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई दिल्ली भइरहेको बताए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार भएको नयाँ भवन उद्घाटन कार्यक्रममा...
संसदीय अंकगणित अनुसार फेरि पनि सत्ताको निर्णायक नेकपा माओवादी केन्द्र बनेको छ । माओवादी नभइ सरकार बन्ने अवस्था त छ, सम्भव छैन । ठिक यसैबेला प्रचण्ड गठबन्धनमा खेल्न थालेका छन् । अब देउवा प्रधानमन्त्री कि प्रचण्ड ? वा ओली ?...
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगातार डिल्लीबजार कारागार पुगेर चौधरीसँग भेट गरेका हुन्...
कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्को लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले नेता केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु गर्न थालेका...













