गृहपृष्ठ कोशी प्रदेशमा राप्रपा निर्णायक नहुँदा नयाँ सरकारको बहस गर्ने समस्या, माओवादीलाई एसको सहयोग

कोशी प्रदेशमा राप्रपा निर्णायक नहुँदा नयाँ सरकारको बहस गर्ने समस्या, माओवादीलाई एसको सहयोग

कोशी प्रदेशमा राप्रपा निर्णायक नहुँदा नयाँ सरकारको बहस गर्ने समस्या, माओवादीलाई एसको सहयोग

कोशी प्रदेशमा एमालेसँगको सहकार्यमा सरकार बन्ने अवस्था नभएपछि गठबन्धनमा जाने विकल्प खुला गर्ने राप्रपाका प्रदेश नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस, माओवादीलगायतका दल नयाँ सरकार गठनको गृहकार्यमा रहेका बेला राप्रपा भने केन्द्रको निर्णय के आउँछ भनेर पखिएर बसेका छन् ।

अहिलको अवथामा प्राथमिकता एमालेसँगकै सहकार्य भए पनि प्रदेश प्रमुखको आह्वान पनि राप्रपाको पर्खाइको अर्को कारण छ । मध्यावधि चुनाव रोक्ने पक्षमा राप्रपा रहेको प्रमुख सचेतक अम्बरबहादुर विष्टले जानकारी दिए ।

राप्रपाको प्राथमिकता रहेको हुँदा गठबन्धनलाई सघाउने, नसघाउने वा सरकारमा जाने वा समर्थनमात्रै गर्ने भन्ने निर्णय राप्रपाको पार्टी केन्द्रले नै गर्ने प्रमुख सचेतक विष्टको बताए । ‘परिस्थिति अनुसार एमालेसँगको सहकार्य नै होला । त्यही भएर केन्द्रको निर्णय के आउँछ भन्ने हो । हामी त कोशी प्रदेशमा स्थाई सरकार होस भन्ने पक्षमा छौ । तर, अहिलेको सरकारसँग बहुमत नभएका कारण सरकारको विकल्प चाहिँयो ।’ उनले भने, सरकारमा जाने, सहयोग गर्ने सम्भावना त छँदैछन्, प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समय सीमाभित्र छलफल भएर निष्कर्षमा पुगिने छ । मध्यावधि कुनै पनि दलले चाहेका छैनन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा शुक्रबार एक मतको अभावमा विश्वासको मत नपाएपछि सरकार ढलेकाले गठबन्धन दल नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । गठबन्धन दललाई पनि स्थिर सरकार निर्माण सहज नभएकाले राप्रपाको साथ र समर्थन खोजिरहेका छन् । भने, अहिलेको अवस्थामा कुनै पार्टीले पनि सरकार बनाउन सक्दैन् ।

गठबन्धन दलबाट माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापामध्ये एक जना मुख्यमन्त्री हुने पक्का छ । तर, अहिले दुवै जना मुख्यमन्त्री बन्ने दाउमा छन् । भने, कांग्रेस र माओवादी नै मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।

यद्यपि गठबन्धनभित्र सहमति हुन बाँकी रहेको भन्दै उनले अबको मुख्यमन्त्री माओवादी र कांग्रेसमध्येबाटै हुने बहस समेत चलिररहेको छ ।

कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहँदा नेकपा एकीकृत समाजवादीले भने यसअघि नै माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उक्त दलका नेतासमेत रहेका राईले नैतिक हिसाबले आफूले यस पटक आङ्बोलाई समर्थन गरेको स्पष्ट संकेत गरे ।

अहिले मुख्यमन्त्रीको दौडमा थापा र आङ्बोमात्रै रहेको दाबी गरे । दाबी आ–आफ्नो ढंगले गर्नु स्वाभाविक नै हो । कांग्रेसले ठूलो दल भएको कारण अझ बढी दाबी गर्नु झनै स्वाभाविक हो । तर, एसको सहयोग आङ्बोलाई गर्ने उनले अभिव्यक्ति दिदै आएका छन् ।

अहिलेसम्म गठबन्धनबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।

एमाले भने अहिले सरकार कसरी बनाउने भन्ने विषयमा केन्द्रीत भएर छलफलमा जुटेको छ ।
९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गठबन्धन दलसँग सभामुखसहित ४७ सांसद रहेको छ । एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसद रहेका छन् ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु