कोशी प्रदेशमा राप्रपा निर्णायक नहुँदा नयाँ सरकारको बहस गर्ने समस्या, माओवादीलाई एसको सहयोग
वि.सं.२०८० असार १८ सोमवार ०८:२०
shares

कोशी प्रदेशमा एमालेसँगको सहकार्यमा सरकार बन्ने अवस्था नभएपछि गठबन्धनमा जाने विकल्प खुला गर्ने राप्रपाका प्रदेश नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस, माओवादीलगायतका दल नयाँ सरकार गठनको गृहकार्यमा रहेका बेला राप्रपा भने केन्द्रको निर्णय के आउँछ भनेर पखिएर बसेका छन् ।
अहिलको अवथामा प्राथमिकता एमालेसँगकै सहकार्य भए पनि प्रदेश प्रमुखको आह्वान पनि राप्रपाको पर्खाइको अर्को कारण छ । मध्यावधि चुनाव रोक्ने पक्षमा राप्रपा रहेको प्रमुख सचेतक अम्बरबहादुर विष्टले जानकारी दिए ।
राप्रपाको प्राथमिकता रहेको हुँदा गठबन्धनलाई सघाउने, नसघाउने वा सरकारमा जाने वा समर्थनमात्रै गर्ने भन्ने निर्णय राप्रपाको पार्टी केन्द्रले नै गर्ने प्रमुख सचेतक विष्टको बताए । ‘परिस्थिति अनुसार एमालेसँगको सहकार्य नै होला । त्यही भएर केन्द्रको निर्णय के आउँछ भन्ने हो । हामी त कोशी प्रदेशमा स्थाई सरकार होस भन्ने पक्षमा छौ । तर, अहिलेको सरकारसँग बहुमत नभएका कारण सरकारको विकल्प चाहिँयो ।’ उनले भने, सरकारमा जाने, सहयोग गर्ने सम्भावना त छँदैछन्, प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समय सीमाभित्र छलफल भएर निष्कर्षमा पुगिने छ । मध्यावधि कुनै पनि दलले चाहेका छैनन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा शुक्रबार एक मतको अभावमा विश्वासको मत नपाएपछि सरकार ढलेकाले गठबन्धन दल नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । गठबन्धन दललाई पनि स्थिर सरकार निर्माण सहज नभएकाले राप्रपाको साथ र समर्थन खोजिरहेका छन् । भने, अहिलेको अवस्थामा कुनै पार्टीले पनि सरकार बनाउन सक्दैन् ।
गठबन्धन दलबाट माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापामध्ये एक जना मुख्यमन्त्री हुने पक्का छ । तर, अहिले दुवै जना मुख्यमन्त्री बन्ने दाउमा छन् । भने, कांग्रेस र माओवादी नै मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।
यद्यपि गठबन्धनभित्र सहमति हुन बाँकी रहेको भन्दै उनले अबको मुख्यमन्त्री माओवादी र कांग्रेसमध्येबाटै हुने बहस समेत चलिररहेको छ ।
कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहँदा नेकपा एकीकृत समाजवादीले भने यसअघि नै माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उक्त दलका नेतासमेत रहेका राईले नैतिक हिसाबले आफूले यस पटक आङ्बोलाई समर्थन गरेको स्पष्ट संकेत गरे ।
अहिले मुख्यमन्त्रीको दौडमा थापा र आङ्बोमात्रै रहेको दाबी गरे । दाबी आ–आफ्नो ढंगले गर्नु स्वाभाविक नै हो । कांग्रेसले ठूलो दल भएको कारण अझ बढी दाबी गर्नु झनै स्वाभाविक हो । तर, एसको सहयोग आङ्बोलाई गर्ने उनले अभिव्यक्ति दिदै आएका छन् ।
अहिलेसम्म गठबन्धनबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।
एमाले भने अहिले सरकार कसरी बनाउने भन्ने विषयमा केन्द्रीत भएर छलफलमा जुटेको छ ।
९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गठबन्धन दलसँग सभामुखसहित ४७ सांसद रहेको छ । एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसद रहेका छन् ।

























