nmb bank

गृहपृष्ठ कांग्रेसले बोलायो बालुवाटारमा सांसदहरूलाई

कांग्रेसले बोलायो बालुवाटारमा सांसदहरूलाई

कांग्रेसले बोलायो बालुवाटारमा सांसदहरूलाई

राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ ।

सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने बिषय टुंगिन नसकिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएको हो ।

अपरान्ह १२ः३० मा बस्ने कांग्रेस सांसदहरुको बैठकले प्रधानमन्त्री को पहिलो ? भन्नेमा राय दिने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु