काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

8.59K
shares

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेको छ । यस दिन चाँदीको मूल्य भने स्थिर छ ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा १२ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।