nmb bank

गृहपृष्ठ सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेको छ । यस दिन चाँदीको मूल्य भने स्थिर छ ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा १२ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु