गृहपृष्ठ Tag: फाेहाेर व्यवस्थापन
हिजो दिनभर पनि सिसडोल-बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त नै थियो । काठमाडौंबाट लाइन लागेर पुगेका फोहोर बोक्ने गाडीहरु झण्डै दुईसयको हाराहारीमा थिए । तर फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुग्नुअगावै स्थानीयले सिसडोलमा रोकिदिएपछि अवस्था मुडभेडतिर गयो । काठमाडौंबाट फोहोरले भरिभराऊ गाडीसहित दुई एसपीको...
बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमा सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । दुई वटा डोजर, एउटा स्काभेटर...
काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै...
सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडा र सिसडोलमा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको...
काठमाडौंका नवनिर्वाचित मेयर बालेन साह शुक्रबार साँझ सिसडोल र बञ्चरेडाँडा पुगेका छन् । उनले त्यहाँ पुगेर अवस्था अवलोकन तथा जानकारी लिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । उनका अनुसार नयाँ मेयर बालेन साँझतिर त्यहाँ पुगेका...












