गृहपृष्ठ फोहोर लिएर गएका गाडी तोडफोड, काठमाडौंको फोहोर तत्काल नउठ्ने
फोहोर लिएर गएका गाडी तोडफोड, काठमाडौंको फोहोर तत्काल नउठ्ने
बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमा सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको छ । नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजेर ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधनहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।
सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो ।
यसैकारण टिपर चालकहरूले मंगलबार बिहान सिसडोलमा नाराबाजी गरेका छन् । उनीहरुले सशस्त्र प्रहरीको क्याम्प नजिकै सुरक्षा नपाएको भन्दै नाराबाजी गरेका हुन् ।
प्रकाशित समय : १०:२१ बजे