global ime bank Long Banner Ad

गृहपृष्ठ नवनिर्वाचित मेयर बालेन साह बञ्चरेडाँडा पुगेर भने – समस्या चाँडै हल हुन्छ

नवनिर्वाचित मेयर बालेन साह बञ्चरेडाँडा पुगेर भने – समस्या चाँडै हल हुन्छ

नवनिर्वाचित मेयर बालेन साह बञ्चरेडाँडा पुगेर भने – समस्या चाँडै हल हुन्छ

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साह शुक्रबार साँझ सिसडोल र बञ्चरेडाँडा पुगेका छन् । उनले त्यहाँ पुगेर अवस्था अवलोकन तथा जानकारी लिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

उनका अनुसार नयाँ मेयर बालेन साँझतिर त्यहाँ पुगेका थिए । उनले यसको समस्या समाधानका लागि अन्तिम निकास के हुन सक्छ भनेर उनीहरुको सुझाव माग गरेका थिए । सिसडोल र बञ्चरेडाँडाका वरिपरिका बस्तीमा फोहोरका कारण सिर्जना भएका समस्या, स्थानीयको स्वास्थ्य र वातावरणमा परेको असर लगायत विगतमा सरकारले बारम्बार दिएका आश्वासन पनि पुरा गर्नुपर्ने बताएका थिए ।

बालेनले चाँडै नै समस्याको निरूपण गर्न छलफलमा बस्छु भनेर फर्किए ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु