global ime bank Long Banner Ad

गृहपृष्ठ त्रियुगाको मेयर र उपमेयरमा कांग्रेसकै अग्रता

त्रियुगाको मेयर र उपमेयरमा कांग्रेसकै अग्रता

त्रियुगाको मेयर र उपमेयरमा कांग्रेसकै अग्रता

त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता फराकिलो पारेका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतले करिब दुई हजार मतान्तरको अग्रता कायम गरेका छन् । बस्नेतले ८ हजार २०० मत पाउँदा एमालेका भागवत राउतले ६ हजार ३७७ मतका साथ पछ्याइरहेका छन् ।

एकीकृत समाजवादीका बलदेव चौधरीले ६ हजार ३०२ मत पाएका छन् । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७ हजार ४१० मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेकी महेश्वरी राईले ७ हजार ५४ मतका साथ पछ्याइरहेकी छन् ।

माओवादीकी गीता खड्का (कार्की)ले ४ हजार ८२५ मत ल्याएकी छन् ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु