गृहपृष्ठ Tag: काठमाडौँ महानगरपालिका
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छन् । डंगोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी छन् । आज वक्तव्य जारी गर्दै उपप्रमुख...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौंमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक...
काठमाडौँ महानगरपालिकाले नक्सापासविपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरी अन्डरग्राउन्डमा राखिएका पसल हटाउने काम सुरू गरेका हुन् । यसअघि महानगरले भवनको नक्सा पास गर्दा राखेको...
आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत् काठमाडौँलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् । ‘काठमाडौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरूको देशभर...
काठमाडौं महानगरपालिकाले काठमाडौंबाट खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो । खसी बजारका कारण छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर पर्नुका साथै...
गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि काठमाडौं महानगरपालिकाले १६ अर्ब ५२ करोड ८७ लाख...
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । महानगरले सोमबार नर्भिक अस्पताललाई सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन २४ घन्टे अल्टिमेटम दिएको थियो । त्यसको जबाफमा मंगलबार नर्भिक अस्पतालले तत्काल घर टहरा भत्काउन नसकिने...
काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।...
काठमाडौँ महानगरपालिकाको फोहर एक हप्ता नउठ्ने भएको छ । उपत्यकाको फोहरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण सूचारु गर्न फोहरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाइ उत्पन्न हुने भएकाले महानगरले एक हप्ता फोहर नउठाउने...
काठमाडौं महानगरपालिकाले थप तीन दमकल ल्याएको छ । सोमबार वीरगञ्ज भन्सारबाट हिँडेका तीन वटा दमकल मंगलबार काठमाडौं आइपुगेका हुन् । राष्ट्रिय सभागृहमा राखिएको सो दमकल ठेकेदार कम्पनीले हस्तान्तरण गरेसँगै बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसन, राम हिटी र...












