global ime bank Long Banner Ad

गृहपृष्ठ अन्डरग्राउन्ड पार्किङ दुरूपयोग रोक्दै महानगर

अन्डरग्राउन्ड पार्किङ दुरूपयोग रोक्दै महानगर

अन्डरग्राउन्ड पार्किङ दुरूपयोग रोक्दै महानगर

काठमाडौँ महानगरपालिकाले नक्सापासविपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरी अन्डरग्राउन्डमा राखिएका पसल हटाउने काम सुरू गरेका हुन् ।

यसअघि महानगरले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

महानगरको आग्रह अटेर गरेको भन्दै व्यवसायिक भवनका अन्डरग्राउन्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाले संरचनाहरू भत्काउन सुरू गरेको हो ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउन्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउन्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु