गृहपृष्ठ Tag: काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मेयर साहले सुरुमा नेपाली भाषामा शपथ...
काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रिय सभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डंगोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् । उनले भनिन्,...
मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्यापर’को पहिचान बनाएका प्रमुख...
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले...
काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार वालेन्द्र साह (बालेन)ले ३४ हजार मत कटाएका छन् । शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन् । ९३ हजार ६४७ मत गन्दा साहले सो मत पाएका हुन् । नेकपा एमालेका मेयर उम्मेदवार...
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका छन् । कार्कीले दुई हजार ६१...
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १० हजार २४१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारभन्दा बालेन...
काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५...
काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको...












